३१ जेठ २०८३, आइतबार

सशस्त्रका इन्सपेक्टर र सई ५० हजार घुससहित पक्राउ

फागुन १३, २०७७
सशस्त्रका इन्सपेक्टर र सई ५० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा–३ तोण्डिहवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई ५० हजार रुपैयाँ अतिरिक्त (घुस) रकमसहित पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै घुससहित पक्राउ गरिएकोबारे जानकारी दिए ।

‘सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीसँग ५०,०००/– (पचास हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर ३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज प्रालि अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्