०९ असार २०८३, मंगलबार

कोरोनाले मृत्यु हुनेको संख्यामा एकैदिन थपिए ८३ जना

फागुन १३, २०७७
कोरोनाले मृत्यु हुनेको संख्यामा एकैदिन थपिए ८३ जना

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा बिहीवार ८३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बिहीवार मृतकको संख्यामा ८३ जना थपिएका छन् ।

यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या २ हजार ७६७ पुगेको छ । बुधवार मृतकको संख्यामा ६१९ जना थपिएका थिए ।

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ ।

कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार २२३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४ संक्रमित निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्