
घानीमा आगामी मार्च २ देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिने भएको छ ।
खोप अभियानको सुरुवात भने राष्ट्रपति नाना अड्डो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ ।
राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचिमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए ।
खोप लगाउनु सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सवैलाई विश्वास दिलाउनका लागि राष्ट्रपतिले आफैले लगाएर सुरु गर्न लागेको पनि उनले स्पष्ट पारे ।
राष्ट्रपतिले नै खोप लगाएपछि आम नागरिकहरु पनि खोप लगाउन प्रोत्साहित हुने सरकारी अधिकारीहरुले अपेक्षा गरेका छन् ।
खोप लगाएमा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बुझाउन आवश्यक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
घानामा बुधबार छ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ । यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
कोरोनाभाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ ।