
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सांसदहरूलाई प्रतिनिधि सभा विघटित भएको २ महिनाको पारिश्रमिक नलिन सुझाव दिएका छन् ।
शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै घिमिरेले विघटित अवस्थाको पारिश्रमिक नलिनु राजनीतिज्ञको छबी सुधार्ने मौका रहेको टिप्पणी गरे ।
'प्रतिनिधिसभा सदस्यहरुले विघटित गरिएको दुई महिना भन्दा केही बढी समय अवधिको पारिश्रमिक नलिनु राजनीति र राजनीतिज्ञको थोरै भएपनि छवि सुधार्ने उपयुक्त मौका हो,' घिमिरेले लेखेका छन्, यसमा सबैको विवेक पुगोस् । अरु दलले जे गर्लान्, कांग्रेस उदाहरण बनोस् । त्यागले नै संस्था र व्यक्ति समेतलाई प्रतिष्ठित बनाउँछ ।'
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि संसद सचिवालयले विघटित अवस्थाको पारिश्रमिक एकमुष्ट दिने तयारी गरेको छ ।