०६ असार २०८३, शनिबार

दोस्रो राष्ट्रिय मगर महोत्सव शनिवारदेखि

फागुन १४, २०७७
दोस्रो राष्ट्रिय मगर महोत्सव शनिवारदेखि
फाइल तस्वीर

यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ ।

मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिवारदेखि  सो महोत्सव आयोजना गर्न लागेको हो ।  प्रदर्शनी कक्ष , खेलकूदको मैदान  र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन्  । 

क्लबका अध्यक्ष कृष्ण पुनले महोत्सवमा २०० प्रदर्शनी कक्ष बुकिङ भएको पत्रकार सम्मेलनमा जानकारी दिए। खुला पुरुष भलिबलमा १० देखि १२ टोली आउने अनुमान गरिएको उनले बताए । मगरहरूको सांस्कृतिक नृत्यका चार टोली र विद्यालयस्तरीय प्रतियोगितामा १० टोली सहभागिताका लागि दर्ता भएको उनले जानकारी दिए । 

कार्यक्रमस्थलमा सुरक्षाका लागि आठ वटा सिसी क्यामेरा जडान गरिएको छ ।  कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सवस्थलमा हात धुन पानी र साबुनको व्यवस्था गरिने भएको छ ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८०  को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाइलो खेलसहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण हुन् । स्थानीय खानाका परिकार खुवाउने गरी खानाको प्रदर्शनी कक्षसमेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभाड हुने भएकाले अलग्गै पार्किङ व्यवस्थापन हुने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्