
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निस्कासनको तयारी गरेको छ । कम्पनीको प्राथमिक शेयर यही फागुन २३ गतेबाट निस्कासन हुन लागेको हो ।
६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निस्कासन हुन लागेको हो ।
सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निस्कासन हुनेछ । बाँकी कित्ता भने कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ ।
सर्वसाधारणले न्युनतम १० र अधिकतम ६६ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
फागुन २३ बाट २८ गतेसम्म मेरो शेयर वा आफ्नो खाता रहेको बैंकबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।