
नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
शुक्रवार अपराह्न करीब ३ बजे बालुवाटार गएका गौतम १ घण्टाको भेटवार्तापछि निवासमा फर्किएका हुन् ।
'प्रधानमन्त्रीसमक्ष उहाँले पार्टी एकताको प्रस्ताव गर्नुभएको छ,' गौतमनिकट स्रोतले लोकान्तरलाई बतायो ।
गौतमले ओलीलाई पार्टी एकताका लागि पहल गर्न आग्रह गरे पनि ओलीले भने प्रष्ट जवाफ दिएनन् ।
प्रतिनिधि सभा पुनःस्थापनापछि गौतमले पार्टी एकताका लागि ओली प्रधानमन्त्रीबाट सम्मानजनक बहिर्गमन हुनुपर्ने बताउँदै आएका थिए ।
ओलीले भने राजीनामा नदिने अडान लिँदै आएका छन् ।
ओलीले आजै नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।