२६ जेठ २०८३, मंगलबार

सानिमा बैंकले निम्न आय भएका महिलाको उपचारलाई निरन्तरता दियो, पाटन अस्पतालसँग सम्झौता नवीकरण

फागुन १४, २०७७
सानिमा बैंकले निम्न आय भएका महिलाको उपचारलाई निरन्तरता दियो, पाटन अस्पतालसँग सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण  भएको छ । 

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति रु. बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको बैंकले जनाएको छ । 
सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । 

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्