३१ असार २०८३, बुधबार

काठमाडौं महानगर अपडेट : विद्यासुन्दर ७२०० मतले अगाडि

कात्तिक २०, २०७४
काठमाडौं महानगर अपडेट : विद्यासुन्दर ७२०० मतले अगाडि

काठमाडौं, ७ जेठ –काठमाडौं महानगरपालिकामा मेयरमा नेकपा एमालेले ठूलो मतान्तरसहित अग्रता हासिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ७ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन् । शाक्यले २४ हजार ५ सय ३४ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले १७ हजार २ सय ७७ मत ल्याएका छन् ।

त्यस्तै, विवेकशिल नेपालीकी उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ८ सय ४९ मत र साझा पार्टीका किशोर थापाले ७ हजार ४ सय १६ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तममान डंगोलले भने २ हजार ७ सय ८५ मतमात्र ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्