२५ जेठ २०८३, सोमबार

सर्वोच्चको फैसलाअनुसार प्रतिनिधिसभा बैठक बोलाउने सरकारको निर्णय

फागुन १४, २०७७
सर्वोच्चको फैसलाअनुसार प्रतिनिधिसभा बैठक बोलाउने सरकारको निर्णय
फाइल तस्बिर

सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभा बैठक बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउनका लागि समय नै तोकिदिएको थियो ।

जसअनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा बैठक फागुन २३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधिसभा बैठक बोलाउनेबारे परामर्शका लागि प्रधानमन्त्री केपी ओली बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

सरकारले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएकोमा सर्वोच्चले त्यसलाई उल्ट्याइदिएपछि सर्वोच्चकै फैसलाअनुसार बोलाइएको संसद बैठकपछि नयाँ सरकार गठनको रस्साकस्सी चल्ने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्