०९ असार २०८३, मंगलबार

बिपी राजमार्ग हुँदै प्रतिबन्धित लागुऔषध तस्करी मौलायो

फागुन १६, २०७७
बिपी राजमार्ग हुँदै  प्रतिबन्धित लागुऔषध तस्करी मौलायो

मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन । छिमेकी पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ ।

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्रहरीले विभिन्न थरिका ७४५ प्रतिबन्धित लागुऔषधका क्याप्सुल बरामद गरेको थियो । प्रहरीले रामको जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।

एक महिनाअघि अर्थात् गत माघ १२ गते प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ ग¥यो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरी धरान उपमहानगरपालिका–२ का २७  वर्षीय अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

गत वर्ष फागुन दोस्रो सातायता कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् । घटनाक्रमले गत माघदेखि प्रतिबन्धित लागुऔषध तस्कर पुनः सक्रिय भएको देखाएको छ । यी दुई घटनामा तस्करले लागुऔषध काठमाडौँ लैजान लागेको बयान दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रतिबन्धित लागुऔषध कारोवारीको निगरानी÷खोजीकार्य तीव्ररूपमा गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्