१४ असार २०८३, आइतबार

लैंगिक रुपमा भएको कोमल वलीमाथि भएको आलोचना खेदजनक : शंकर पोखरेल

फागुन १६, २०७७
लैंगिक रुपमा भएको कोमल वलीमाथि भएको आलोचना खेदजनक : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शंकर पोखरेलले लैंगिक रूपमा सांसद कोमल वलीमाथि आलोचना हुनु खेदजनक भएको बताएका छन् । 

आइतवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पोखरेलले वलीमाथि भएको आलोचना खेदजनक भएको बताएका हुन् । 

नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले शनिवार एक सार्वजनिक कार्यक्रममा सांसद वलीमाथि टिप्पणी गरेका थिए । सो टिप्पणीसँगै उनको अहिले चर्को आलोचना भइरहेको छ । 

पन्तले वलीले गीत गाएकै भरमा उनले राष्ट्रिय सभामा ल्याइएको जस्ता टिप्पणी गरेका थिए । मुख्यमन्त्री पोखरेलले नाम उल्लेख नगरी पन्तलाई जवाफ दिएका छन् । उनले भनेका छन्, ‘कोमल वली चर्चित लोक गायिका र सञ्चारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशबाट भएको थियो ।’

यस्तो छ मुख्यमन्त्री पोखरेलको स्टाटस

मा. कोमल वली चर्चित लोक गायिका र संचारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशवाट भयो । लैंगिक रुपमा उनको आलोचना खेदजनक छ ।

Posted by Shankar Pokhrel on Saturday, February 27, 2021

salt training

कमेन्ट गर्नुहोस्