०५ असार २०८३, शुक्रबार

दमौली कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

फागुन १६, २०७७
दमौली कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

तनहुँको दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई  कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ ।

घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्