०१ असार २०८३, सोमबार

कतारमा कामदार लैजान अब मागपत्रमै सेवा शुल्क स्पष्ट हुनुपर्ने

फागुन १७, २०७७
कतारमा कामदार लैजान अब मागपत्रमै सेवा शुल्क स्पष्ट हुनुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क माग पत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो ।
नेपाली दूतावासका अनुसार माग पत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । ‘यसलाई दूतावासले फागुन १७ देखि नै कार्यान्वयन गर्नेछ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘सेवा शुल्कसम्बन्धी प्रतिवद्धता नभएको मागपत्र प्रमाणीकरण गरिनेछैन ।’ कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्