१२ असार २०८३, शुक्रबार

सुनको मूूल्य ४०० रुपैयाँ बढ्यो

फागुन १७, २०७७
सुनको मूूल्य ४०० रुपैयाँ बढ्यो

स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सोमवार सामान्य सुधार भएको छ ।

अघिल्लो हप्तादेखि ओरालो लागेको सुनको मूल्य आइतवार पनि ओरालो नै लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमवारका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ८८ हजार ३०० रुपैयाँमा आइतवार कारोवार भएकोे छापावाला सुन सोमवार भने ८८ हजार ७०० रुपैयाँ मूल्य कायम भएको छ । 

तेजाबी सुनको मूल्य आइतवार प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा कारोबार भएकामा सोमवारका लागि ८८ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तोलामा १ हजार ३२५ रुपैयाँमा आइतवार कारोबार भएको चाँदी सोमवारका लागि भने ५ रुपैयाँले वृद्धि भई १ हजार ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्