उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटोले पुरिएर सोमवार अपराह्न १ महिलाको मत्यु भएको छ ।
सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।
सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।
शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।