काठमाडौँ, ८ जेठ - वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा २७ जिल्लाको पूर्ण परिणाम आएको छ । बाँकी ७ जिल्लामा पनि ठूला महानगर रहेका जिल्लाबाहेक अन्यको ९० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ, आजको गोरखापत्रमा खबर छ ।

३४ जिल्लाका २८३ स्थानीय तहमध्ये २७० स्थानीय तहको परिणाम आइसकेको छ । परिणामअनुसार ११५ स्थानमा एमाले विजयी भएको छ । यस्तै नेपाली काँग्रेस १०२ स्थानमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) ४६ स्थानमा विजयी भएको छ । यस्तै नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चा र राप्रपाले एक÷एक स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्रले तीन स्थानमा जित हात पारेका छन् ।