१५ असार २०८३, सोमबार

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा काँग्रेस विजयी

मेलम्ची, ८ जेठ - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वंशलाल तामाङ विजयी हुनुभएको छ ।congress-elec

राति अबेर घोषित अन्तिम मत परिणामअनुसार तामाङले पाँच हजार ३६५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का झम्क नेपालले पाँच हजार १६५ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकै मीरा अधिकारी लामा विजयी हुनुभएको छ । उहाँले पाँच हजार १९१ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सरस्वती अधिकारीले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी वडा नं ९ को वडा अध्यक्षमा नेकपा (एमाले)का बाबुराम लामाले ४७३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हर्कबहादुर तामाङले ३७६ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै वडा नं १० को वडा अध्यक्षमा काँग्रेसका जीवनकुमार थापामगरले ६२४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रप्रसाद आचार्यले ६२१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै वडा नं ११ को वडा अध्यक्षमा एमालेका मने माझीले ४२४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी माझीले ३९० मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै वडा नं १२ को वडा अध्यक्षमा काँग्रेसका कमलरतन दनुवारले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेन्द्रबहादुर दनुवार ३८४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन सेलले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्