११ असार २०८३, बिहीबार

सरकार र विप्लव नेकपाबीच बालुवाटारमा दोस्रो दिनको वार्ता शुरू

फागुन २०, २०७७
सरकार र विप्लव नेकपाबीच बालुवाटारमा दोस्रो दिनको वार्ता शुरू

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयासस्वरूप बुधवारदेखि भइरहेको औपचारिक वार्ता दोस्रो दिन बिहीवार समेत शुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको सरकारी वार्ता टोलीले विप्लवका प्रतिनिधिसँग वार्ता गरिरहेको छ ।

विप्लव नेकपाको तर्फबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वार्ता टोलीको नेतृत्व गरेका छन् । बिहान ९ः२० बजेदेखि वार्ता शुरू भएको जनाइएको छ ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र विप्लवको टोलीमा उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेका छन् ।

बुधवार बिहान र साँझ गरी २ चरणमा वार्ता भएको थियो । वार्ता टोलीका सदस्यले सहमतिउन्मुख छलफल भइरहेको प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्