०६ साउन २०८३, बुधबार

विप्लव भोलि सार्वजनिक हुने, ओलीसँगै सम्बोधन गर्ने

फागुन २०, २०७७
विप्लव भोलि सार्वजनिक हुने, ओलीसँगै सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भोलि शुक्रवार सार्वजनिक हुने भएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजना हुने विशेष समारोहमा विप्लव सार्वजनिक हुने भएका हुन् ।

सरकार र विप्लव नेकपाबीच बिहीवार भएको वार्तामा ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुने भएका हुन् । विप्लव सार्वजनिक हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबीच ३ बुँदे सहमति भएसँगै भोलि शुक्रवार सामूहिक समारोह हुने भएको छ । दुवै पक्षबीच भएको सहमतिपछि बिहीवार सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोली प्रमुख प्रवक्ता प्रकाण्डले संयुक्त प्रेस नोट जारी गरेका छन् । 

प्रेस नोटमा विप्लव शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले मुद्दा फिर्ता लिने बुँदा उल्लेख छन् ।

बालुवाटारमा बिहीवार बिहान भएको वार्तामा ३ बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्