२६ जेठ २०८३, मंगलबार

बंगालमा ममताविरुद्ध यस्तो छ मोदी–शाहको चक्रव्यूह

फागुन २०, २०७७
बंगालमा ममताविरुद्ध यस्तो छ मोदी–शाहको चक्रव्यूह

पश्चिम बंगलामा विधानसभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलहरू मतादातालाई लोभ्याउन तँछाडमछाड गरिरहेका छन् । 

उक्त राज्यको मेदिनीपुर जिल्लाको नन्दीग्राम महत्त्वपूर्ण राजनीतिक थलो हो । नन्दीग्राममा तत्कालीन कम्युनिस्ट सरकारले किसानहरूमाथि गोली चलाउँदा भएको आन्दोलनकै कारण ममता बनर्जीको नेतृत्वमा तृणमूल कांग्रेस सत्तामा आएको थियो । 

अहिले १० वर्षपछि त्यही नन्दीग्राम बंगालको राजनीतिक संग्रामको केन्द्रमा छ । ममता आफैंले त्यहाँबाट चुनाव लड्ने घोषणा गरेकी छन् । 

भारतीय जनता पार्टीले ममताका पूर्व सहयोगी शुभेन्दु अधिकारीलाई उनीविरुद्ध उठाउने तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ममताविरुद्ध बनाएको चक्रव्यूहका प्रमुख योद्धा शुभेन्दु नै हुन् ।
नन्दीग्राम सीटमा सन् २०११ देखि टीएमसीको कब्जा छ । यस्तोमा शुभेन्दुसमक्ष भाजपाको खाता खोल्ने गहन जिम्मेवारी छ । 
 

शुभेन्दुले मेदिनीपुरमा पिंगला विधानसभा अन्तर्गत खडगपुरमा एक जनसभालाई सम्बोधन गर्दै भने, ‘म ममता बनर्जीलाई नन्दीग्राममा हराइदिन्छु । तपाईं यसमा ढुक्क हुनुभयो हुन्छ । भाजपाले मलाई टिकट दियो भने ममतालाई हराइदिन्छु । मलाई टिकट नदिइएमा पनि ममतालाई यहाँबाट हराउने जिम्मेवारी म लिन्छु र विधानसभामा कमल फुलाउँछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्