१२ असार २०८३, शुक्रबार

प्रचण्ड-नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरू निर्वाचन आयोग जाँदै

फागुन २०, २०७७
प्रचण्ड-नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरू निर्वाचन आयोग जाँदै

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाका केन्द्रीय कमिटी सदस्यहरू आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

आफूसँग बहुमत रहेको दाबी गर्दै हस्ताक्षर, पार्टीको परिचयपत्र र नागरिकताको प्रतिलिपी बोकेर केन्द्रीय सदस्यहरू बिहीवार २ बजे आयोग जाने तयारी गरेका हुन् ।

केन्द्रीय सदस्य युवराज चौलागाईंले आफूहरू आयोग जान लागेको पुष्टि गरे ।

गत माघ २० गते आधिकारिकताका लागि आयोगमा दाबी बुझाएको यो पक्ष आयोग अनिर्णित बनेपछि असन्तुष्ट छ ।

salt training

कमेन्ट गर्नुहोस्