
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वलीले ओलीको प्रशंसामा गीत गाएकी छन् ।
बिहीवार सिन्धुलीमा कमला मरिन डाइभर्सनको शिलान्यास कार्यक्रममा सहभागी वलीले ओलीको समर्थनमा बनाइएको गीत गाएकी हुन् ।
‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, देशको लागि आज अनि चाइयो भोलिलाई,’ वलीले गीतमार्फत भनिन् । वलीको गीत रेकर्डमा आएको छ ।
गीत गाएपछि वलीले भनिन्, ‘केपी ओलीलाई प्रेम गर्नु भनेको विकास र समृद्धिका लागि हो ।’