×

NMB BANK
NIC ASIA

युधिष्ठिर एक्लै भएको क्षण सम्झिँदै ओलीले भने– हामी एक जना ढले हजार भएर निस्किन्छौं

फागुन २०, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा (ओली समूह)का अध्यक्ष केपी शर्मा ओलीले केही नेता पार्टीबाट बाहिरिँदैमा चिन्ता गर्नु नपर्ने बताएका छन् ।

Muktinath Bank

बिहीवार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पिलो निचोरिएर जाँदैमा चिन्ता गर्नु नपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समृद्धिको अभियान झन् बलियो हुने उनको दाबी छ ।


Advertisment
Nabil box
Kumari

‘हामीले हुर्काएको विरुवालाई कहिले हावाहुरीले हाँगा भाचिदिन्छ, फेरि पलाउँछ,’ उनले भने, ‘तपाईंहरूले सुन्नुभएको होला – स्वर्गतिर हिँड्दाखेरि युधिष्ठिरहरू हिमालतिर लागेछन् । पहिला शहदेव ढल्यो, अर्काे नहकुल ढल्यो, अर्काे अर्जुन ढल्यो, अर्काे भीम ढल्यो, त्यसपछि युधिष्ठिर एक्लै भए, कहिले–कहिले एक्लै हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

राजनीतिमा एउटा ढल्यो भने सय र हजारवटा भएर निस्किने प्रधानमन्त्री ओलीले बताए ।

‘एउटा विरुवा ढल्यो भने हजारौं विरुवा भएर निस्किन्छौं । कलाकार जीवन शर्माको एउटा गीत छ – पिलो निचोरिँदैमा ओजन घटेको हुन्न । केही–केही पिलो निचोरिएर जान्छन्, चिन्ता गर्नु पर्दैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक (वृद्धभत्ता) लगायत लक्षित वर्गले पाइरहेको सामाजिक सुरक्षा भत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने बताए ।

उनले मासिक १ सयबाट शुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको बताए ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई सरकारले हेरिरहेको बताए । लक्षित वर्गलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा पनि गरिएको उनले जानकारी दिए ।

बिहीवार शिलान्यास गरिएको आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने प्रधानमन्त्री ओलीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x