बुटवलमा रहेको नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन बनाउनका लागि भारतले ४ करोड ४२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास तथा बुटवल उपमहानगरपालिकाबीच बिहीवार भवन निर्माणका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।