२६ जेठ २०८३, मंगलबार

भारतीय नागरिक ३ लाख भारुसहित पक्राउ

कात्तिक २०, २०७४
भारतीय नागरिक ३ लाख भारुसहित पक्राउ

बनियानी, ८ जेठ– भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले भारु तीन लाख ३३ हजार ६४० सहित सुब्बालाई मेचीनगरपालिका–६ स्थित भन्सारको मूलगेटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकोे छ ।

salt training

कमेन्ट गर्नुहोस्