विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला  परेका छन् । काभ्रेको पनौती नगरपालिका-११ नेपाने गाँउस्थित सडक नजिक बेथानचोक गाउँपालिका-६ बस्ने ६० वर्षीय माईला भुजेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको बहुदरमाई नगरपालिका-७ फुलकौल बस्ने २० वर्षीय बलजित यादव घरबाट करिब २ किलोमिटर टाढा बासघाँरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी महोत्तरीको लोहारपट्टी नगरपालिका-८ कबिरगामा बस्ने रौतहट बृन्दावन नगरपालिका-१ रमौली बैरिया घर भएका ३५ वर्षीय रामजोधी पटेल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीको जोरायल गाउँपालिका-२ सिमल खेत बस्ने २७ वर्षीय डम्मर दत्त भट्टराई पनि सोही ठाउँस्थित सिमलफाँटा बस्ती डाँडामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।


Advertisement

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्