०७ असार २०८३, आइतबार

राजधानीमा अवैधरुपमा क्यासिनो खेल्ने तथा खेलाउने कार्यमा संलग्न पक्राउ, झण्डै २३ लाख बरामद

फागुन २०, २०७७
राजधानीमा अवैधरुपमा क्यासिनो खेल्ने तथा खेलाउने कार्यमा संलग्न पक्राउ, झण्डै २३ लाख बरामद

राजधानीको ताहाचलबाट अवैध रुपमा क्यासिने सञ्चालन गरी जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको सीएमजी क्लबमा क्यासिने खेल्ने तथा खेलाउने कार्यमा संलग्न १० जनालाई प्रहरीले झण्डै २३ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेश कुमार बस्नेतले पक्राउ पर्नेमा खेल्ने कार्यमा संलग्न ६ जना र खेलाउने कार्यमा संलग्न ४ जना रहेका छन् ।
उनीहरुको साथबाट नगद ८ लाख २६ हजार ९८० रुपैयाँ, ५ लाख ७० हजार बराबरको क्यासिनो क्वाइन, ९ लाखको चेक तासलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्