०५ असार २०८३, शुक्रबार

मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पाउने

फागुन २१, २०७७
मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पाउने

मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने भएकी छन्। नेपालका लागि अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।।्

 अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने दूतावासले  जनाएको छ। 

आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने बताइएको छ। 

यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन्।

salt training

कमेन्ट गर्नुहोस्