२३ जेठ २०८३, शनिबार

नयाँ आर्थिक वर्षका लागि बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

फागुन २१, २०७७
नयाँ आर्थिक वर्षका लागि बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट निर्माणमा जुटेको छ । 

बुधवार बजेट लेखन समिति नै बनाएर मन्त्रालयले बजेट लेखनको प्रक्रिया शुरू गरेको हो । 

मन्त्रालयले वरिष्ठतम् सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ जना सदस्य सम्मिलित बजेट लेखन समिति बनाएको हो।

घिमिरेको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनीराम शर्मा र सुमन दाहाल सदस्य छन्।

नयाँ बजेटका लागि सबै मन्त्रालय, निकाय र आयोगले तयारी अघि बढाइसकेका छन्। उनीहरूले प्रस्ताव गर्ने कार्यक्रम समेटेर अर्थले आगामी वर्षको बजेटलाई अन्तिम रूप दिनेछ।

salt training

कमेन्ट गर्नुहोस्