११ असार २०८३, बिहीबार

गैँडाको आक्रमणबाट १ जना घाइते

फागुन २१, २०७७
गैँडाको आक्रमणबाट १ जना घाइते
फाइल तस्वीर

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् ।

घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उहाँलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्