बलिउड सेलेब्रिटीहरू तापसी पन्नू, अनुराग कश्यप, दुईवटा फिल्म प्रोडक्सन हाउस र ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीहरूविरुद्ध आयाकर विभागले दुई दिनदेखि मुम्बई र पुणेमा छापा मारेर नयाँ नयाँ खुलासा गरिरहेको छ ।
सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेस (सीबीडीटी) ले बिहीवार कुल ३७० करोड भारु करछली गरिएको जनायो । करछली शेयर ट्रान्ज्याक्सनको अन्डर भ्यालुएसनले गरेर अनि कीर्ते खर्च देखाएर गरिएको हो ।
सीबीडीटीका अनुसार, एक लीडिङ प्रोडक्सन हाउसले आफ्नो वास्तविक बक्स अफिस आयको तुलनामा कम कमाइ देखाएको छ । यो गडबडी लगभग ३०० करोड भारुको छ । प्रोडक्सन हाउसले यसको हिसाब दिन सकेन ।
एक प्रोडक्सन हाउसले शेयर ट्रान्ज्याक्सनमा शेयरहरूलाई अन्डभ्यालुएसन गरेको थियो । लेनदेनमा गडबडी पनि गर्यो । यो ३५० करोड भारुको करछली हो । यसको अनुसन्धान भइरहेको छ ।
एक अभिनेत्रीको विभिन्न स्थानमा छापा मार्दा ५ करोड नगद लेनदेनको रसिद फेला पारेको छ । त्यसको अनुसन्धान भइरहेको छ ।
एक लीडिङ प्रोड्युसर डाइरेक्टरका विभिन्न स्थानमा छापा मार्दा कीर्ते खर्चको प्रमाण फेला परेको छ । त्यसक्रममा २० करोड भारुको करछली देखिएको छ ।
आयकर विभागको टोलीले बिहीवार अनुराग र तापसीसँग पुणेको वेस्टिन होटलमा सोधपुछ गरेको थियो । उनीहरूको घर र कार्यालयबाट तीन ल्यापटक र चार डेस्कटप जफत गरिएको छ । दुवैको ह्वाट्सयाप च्याटको पनि ब्याकअप लिइएको छ ।
एजेन्सी