
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहमा महासचिव नेत्र विक्रम चन्द विप्लव शुक्रवार सार्वजनिक भएका छन् ।
सरकारसँग भएको सहमति सार्वजनिक गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित कार्यक्रममा विप्लव सार्वजनिक भएका हुन् ।
सरकारसँग ३ बुँदे सहमति भएपछि विप्लव शुक्रवार बिहान मात्र काठमाडौं आइपुगेका थिए ।
काठमाडौं आएलगत्तै विप्लवले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । त्यसलगत्तै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।
सहमति सार्वजनिक गर्न आयोजित सभालाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।





