×

NMB BANK
NIC ASIA

नेकपा प्रचण्ड-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसदीय दलको नेता चयन गरेको छ ।

Muktinath Bank

सिंहदरबारमा शुक्रवार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ट्वीटमार्फत जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को संसदीय दलको बैठक आज सिंहदरबारमा बस्यो । दलको कुल सदस्य संख्याको बहुमत उपस्थित बैठकले पार्टीको सधारण सदस्यबाट समेत निष्कासित केपी ओली दल नेता स्वतः नरहेको निर्णय गर्दै क. पुष्पकमल दाहाललाई सर्वसम्मतिले दलको नेता चयन गरेको छ,' श्रेष्ठले ट्विटरमा लेखेका छन् ।

Vianet communication
Laxmi Bank

यसअघि हिजो मात्र प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइसकिएकाले उनी संसदीय दलको नेतामा कायम नरहेको पत्र संसद् सचिवालयलाई बुझाएको थियो ।

नेकपा सांसद यज्ञराज सुनुवारले पनि प्रचण्डलाई दलको नेता सर्वसम्मत चयन गर्ने निर्णय भएको जानकारी दिए ।

‘केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गरिसकेको अवस्थामा पार्टी सदस्य नरहेको व्यक्ति संसदीय दलको नेता हुन नसक्ने भएकोले प्रचण्डलाई दलको नेता बनायौं,’ सुनुवारले लोकान्तरसँग भने । 

यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय सांसदहरूको भेलाले प्रचण्डलाई दलको नेता बनाएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछिका संसदीय गतिविधिलाई शून्यतामा परिणत गरेको भन्दै प्रचण्ड-नेपाल समूहले फेरि प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x