
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग राज्यलाई हतियार बुझाउने सहमति सरकारले नगरेको भन्दै प्रश्न गरेका छन् ।
उनले शुक्रवार सामाजिक सञ्जालमार्फत उनले सरकारसँग प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरेका छन्,‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदा ‘खोलाले बगायो’ थोरै हतियार विप्लव आउँदा पूरै ?’
उनले सहमति स्वागतयोग्य भएपनि परिणाम भने उस्तै रहेको बताएका छन् ।
प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 5, 2021
विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ @PM_Nepal ?
सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!