११ असार २०८३, बिहीबार

ललितपुर महानगरको मतगणनास्थलमा तनाव : मतगणना सार्वजनिक नगरिएको भन्दै नाराबाजी

कात्तिक २०, २०७४
ललितपुर महानगरको मतगणनास्थलमा तनाव : मतगणना सार्वजनिक नगरिएको भन्दै नाराबाजी

काठमाडौं, ८ जेठ –ललितपुर महानगरपालिकाको मतगणनास्थल तनावग्रस्त बनेको छ । मतगणना सार्वजनिक नगरिएको भन्दै प्रमुख दलका प्रतिनिधि नाराबाजीमा उत्रिएका छन् । विभिन्न राजनीतिक दलका प्रतिनिधि विरोध र प्रदर्शनमा उत्रिएपछि ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा जारी मतगणना प्रभावित भएको छ ।

ललितपुर महानगरको वडा नम्बर २१ र २२ मा मतगणना सकिएपनि सार्वजनिक नगरिएको भन्दै दलका प्रतिनिधि रुष्ठ बनेका हुन् । उनिहरू अहिले निर्वाचन अधिकृत र प्रशासनविरुद्व नाराबाजीमा उत्रिएका छन् ।

त्यस्तै, मतगणना स्थलमा मेयरका उम्मेदवारबाहेक दलका प्रतिनिधिको सहभागीतामा रोक लगाएपछि स्थिति थप तनावग्रस्त बनेको छ । अहिले प्रहरीले दलका प्रतिनिधिलाई मतगणना स्थलमा जानबाट रोक लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्