![शनिवार ललितपुर सहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदै, कहाँ कहाँ आउँदैन बत्ती ? [सटडाउन तालिकासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/LoadShedding.png)
शनिवार मुलुकभरका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदैछ । मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ ।
प्राधिकरणले विगतमा लोडसेडिङको तालिका नै निकालेर विद्युत कटौती गर्ने गरेको थियो । अहिले पनि लोडसेडिङको झल्को दिने गरी विद्युत कटौती हुन थालेको छ ।
प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल भन्दै विद्युत कटौतीको तालिका सार्वजनिक गरेको छ भने एउटा प्रेस रिलिज समेत सार्वजनिक गरेर विद्युत कटौतीबारे जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार, आज (शनिवार) लगनखेल वितरण केन्द्र र चापागाउँ सव वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा विद्युत काटिनेछ । मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म ललितपुरको ढलोट कारखाना, हात्तीवन, एरावत टोल, धापाखेल, हरिसिद्धि लगायतका स्थानमा विद्युत आउने छैनन् ।
यस्तै भरतपुरको चनौली वितरण केन्द्रबाट प्रवाह हुने विद्युत पनि कटौती हुनेछ । प्राधिकरणका अनुसार, विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भक्तपुरका विभिन्न क्षेत्रमा बत्ती जानेछन् ।
कहाँ कहाँ जान्छन् बत्ती ? (तालिकामा हेर्नुहोस्)