
देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले शनिवार प्रदेश १, बाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–ूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ० दशमलव ४ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १८ दशमलव ० डिग्री सेल्सियस रहेको छ ।