२५ जेठ २०८३, सोमबार

कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

फागुन २२, २०७७
कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । 

विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो । 

यी खोपहरु यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट शुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका हुन्। उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए । 

आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ ।   

खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए । उनले भन्नुभएको छ अहिलेसम्म त यो खोप विश्वका यो कार्यक्रम अनुसारका खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको पनि उनले बताए । 

विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई शुरुमा यो खोप अनुदानमार्फत् दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्