
अदालतभित्र प्रहरी सुरक्षा पहरा र व्यवस्था कडा हुन्छ । तर न्यायाधीशले आजीवन काराबासको फैसला सुनाएपछि बलात्कारका दोषी अदालतबाटै फरार भएको घटना सार्वजनिक भएको छ ।
भारतको मध्यप्रदेशस्थित राजगढ जिल्ला अदालतको फैसला सुनेपछि बलात्कारका दोषी जितेन्द्र भील फरार भएका हुन् । फरार भएका जितेन्द्रलाई खोज्न एसपी प्रदीप शर्मासहित प्रहरीहरू हैरान भएका छन् ।
बलात्कारको मुद्दामा अदालतले जितेन्द्रलाई आजीवन काराबास हुने फैसला सुनाएको थियो । फैसला सुन्नेबित्तिकै जितेन्द्रले अदालतका सुरक्षा गार्डलाई धकेलेर फरार भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जितेन्द्रमाथि २ वर्षअघि मानसिक सन्तुलन ठीक नभएकी बालिकालाई बलात्कार गरेको आरोप छ । नाबालिग गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको थियो ।