१२ असार २०८३, शुक्रबार

विप्लव जेलमा रहेका नेता कार्यकर्ता भेट्न व्यस्त

फागुन २२, २०७७
विप्लव जेलमा रहेका नेता कार्यकर्ता भेट्न व्यस्त

प्रतिबन्ध खुला गरिएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' जेलमा रहेका आफ्ना नेता भेट्न व्यस्त छन् ।

शनिवार बिहान उनले हेमन्तप्रकाश ओली 'सुदर्शन'लाई नख्खु जेलमै गएर भेटेका हुन् । विप्लवसँगै नेता खड्गबहादुर विश्वकर्मा र उदय चलाउने पनि नख्खु पुगेका थिए ।

त्यसअघि विप्लवले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटेका थिए ।

भूमिगत रहेको विप्लव नेतृत्वको नेकपा सरकारसँग तीनबुँदे सहमति गरिएलगत्तै खुला राजनीतिमा आएको हो ।

शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बादल र महासचिव विप्लवले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

सहमतिमा वार्ताद्वारा राजनीतिक निकास निकाल्ने, जेलमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गरिने र प्रतिबन्ध फुकाउने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्