काठमाडौं, ८ जेठ - यतिबेला चलचित्रको ‘कमलेको बिहे’ को राम्रै चर्चा चलिरहेको छ । प्रशन्न पौडेल निर्देशित उक्त चलचित्रमा अनुपविक्रमलाई भिन्न गेटअपमा देख्न सकिन्छ । कारण उनको चर्चा चुलिएको छ ।

केही दिनअघि रिलिज भएको चलचित्रको एक गीतले अहिले राम्रै चर्चा बटुलेको छ । अभिनेता अनुपविक्रम यतिबेला आफ्नो नामबाटभन्दा बढी कमले नामबाट चर्चित बनेका छन् । प्रदर्शन मिति तय नभइसकेको चलचित्र कस्तो बनेको छ त्यो हेर्न बाँकी नै छ ।
अहिले रिलिज भएको गीतमा राजनराज शिवाकोटीले शब्द लेखेका छन् । अनुपविक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल लगायतका कलाकारले उक्त चलचित्रमा अभिनय गरेका छन् ।