११ असार २०८३, बिहीबार

सगरमाथाको हिलारी स्टेप ध्वस्त, आरोहण भयो खतरनाक

कात्तिक २०, २०७४
सगरमाथाको हिलारी स्टेप ध्वस्त, आरोहण भयो खतरनाक

काठमाडौं, ८ जेठ — एक बेलायती पर्वतारोहीले सगरमाथाको हिलारी स्टेप ध्वस्त भएको पुष्टि गरेका छन् । यसो हुँदा अब आरोहण झन् खतरनाक हुने देखिन्छ ।


सगरमाथाको पहिलो सफल आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पाका सहआरोही सर एडमन्ड हिलारीको नाममा रहेको हिलारी स्टेप २०७२ सालको भूकम्पमा ध्वस्त भएको थियो ।

हिलारी स्टेप सगरमाथाको दक्षिणपूर्वी मोहोडामा ठाडो चढाइ गर्नुपर्ने बाह्र मिटर अग्लो पत्थर हो । यसअघिका आरोहीहरूले स्टेप खत्तम भएको हल्ला गरेपनि हिउँ परिरहेका कारण यसको पुष्टि हुन सकेको थिएन ।

‘गत वर्ष नै स्टेप ध्वस्त भएको बताइएको थियो र मैले पनि पोहोर सगरमाथा चढेकै हो तर त्यो क्षेत्रमा बेस्सरी हिउँ परेकाले हामी सुनिश्चित हुन सकेका थिएनौं । यो वर्ष चाहिँ हिलारी स्टेप नाम गरेको त्यो पत्थर त्यहाँ छैन भनी म पक्कासँग भन्न सक्छु,’ बेलायती पर्वतारोही टिम मोसेडेलले भने ।

६ दिनअघि सगरमाथाको शिखर छैठौंचोटि चुमेका मोसेडेलले हिलारी स्टेपका अवशेषको फोटो खिँचेर आधारशिविरमा आइपुगेपछि इन्टरनेटमा हालेका थिए । केही वर्षदेखिका तस्वीर हेर्दा त्यो क्षेत्रमा उल्लेख्य परिवर्तन आएको ताजा फोटोले देखाउँछ ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्