१० असार २०८३, बुधबार

परेश रावलले दिए अरुन्धती रायमाथि विवादास्पद बयान, मच्चियो हंगामा

कात्तिक २०, २०७४
परेश रावलले दिए अरुन्धती रायमाथि विवादास्पद बयान, मच्चियो हंगामा

काठमाडौं, ८ जेठ — फिल्म अभिनेता तथा भारतीय जनता पार्टीबाट लोकसभा सांसद परेश रावलले एक ट्वीट लेखेर हंगामा मच्चाएका छन् । ट्वीटमा उनले सेनाको जीपमा ढुंगा फ्याँक्ने मानिसलाई बाँध्नुभन्दा राम्रो त अरुन्धती रायलाई बाँधे हुन्छ भनी लेखे ।


अरुन्धती भारतकी प्रसिद्ध लेखिका हुन् र उनी कश्मीरलाई भारतबाट छुट्ट्याउन चाहनेहसँग सहानुभूति राख्छिन् ।

केही दिनपहिले भारतीय सेनाले कश्मीरमा एक व्यक्तिलाई सेनाको जीपमा अघिल्तिर बाँधेर घुमाएको थियो । जीपमा कश्मीरीहरूले पत्थर नहानून् भन्ने उद्देश्यले सेनाले उक्त व्यक्तिलाई बाँधेको थियो ।

सेनाको त्यस कदमको चौतर्फी आलोचना भएको थियो । तर केहीले भने यसको प्रशंसा पनि गरेका थिए । सेनाले चाहिँ आफ्ना अधिकारीले यसो नगरेको भए आफूलाई थप नोक्सान पुग्नसक्ने बताएको थियो ।


परेशको ट्वीटको पनि खुबै आलोचना भइरहेको छ । यो हिंसात्मक ट्वीट भएको धेरैले बताइरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्