चीनको संसदमा चलिरहेको वार्षिक बैठक टु सेसन्समा एक व्यक्ति हरिणको सिंग भएको टोपी टाउकोमा लगाएर उपस्थित भएका छन् ।
मुखमा मास्क लगाएका अनि टाउकोमा हरिणको सिंग जडिएको टोपी भिरेका ती व्यक्तिको तस्वीर सार्वजनिक भएपछि सबैको ध्यानाकर्षण भयो ।
उनी चीनको इन्नर मंगोलिया स्वायत्त क्षेत्रमा बस्ने ओरोकेन जातिका प्रतिनिधि हुन् ।
ओरोकेनहरू आमुर नदीको उत्तरमा हरिण गोठालाका रूपमा रहने गर्थे । रुसी साम्राज्यले अतिक्रमण गर्दै गएपछि उनीहरू १७औं शताब्दीमा तत्कालीन चिङ साम्राज्यको अधीनमा रहेको भूभागमा बस्न आएका थिए ।
ओरोकेनहरू रुसको साइबेरिया क्षेत्रका इभेन्की जातिका मानिससँग सम्बन्धित छन् र त्यो भाषाको ७० देखि ८० प्रतिशत भाग बुझ्छन् ।
ओरोकेन प्रतिनिधि लोकप्रिय भएपछि उक्त जातिको पहिचानसूचक टोपीहरू अन्लाइनमा धमाधम बिक्री भएका छन् ।