०५ असार २०८३, शुक्रबार

नयाँ समीकरण नबन्दासम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

फागुन २६, २०७७
नयाँ समीकरण नबन्दासम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नयाँ समीकरण नबन्दासम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्ष निकालेको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरी संसद्मा सत्तापक्षको रोमै बस्ने रणनीति अपनाएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि बुधवार संसदमा माओवादी केन्द्र एमालेसँग अलग्गिएर बस्दैछ । 

माओवादी केन्द्रले नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निर्णय समेत गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराएका थिए ।  

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार नेपाली कांग्रेसले सहकार्यका लागि सकारात्मक कुरा गरेको प्रचण्डले ब्रिफिङ गरेका थिए । बैठकमा चैत्र १ र २ गते हुने कार्यकर्ता भेलाको तयारीको विषयमा समेत छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्