
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिएका छन् ।
बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुरू नहुँदै ओली बानेश्वरस्थित संसद् भवनबाट बाहिरिएका हुन् ।
संसद् भवनमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा पुनःस्थापित प्रतिनिधि सभाको आइतवार बसेको पहिलो बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विभिन्न दलका नेताहरूले अधिवेशन शुभारम्भ मन्तव्य पेश गर्ने कार्यक्रम छ ।
यस्तै १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।