०१ असार २०८३, सोमबार

गुणस्तरको इजाजतबिनै सिमेन्ट उत्पादन गर्ने कम्पनी कारवाहीमा

फागुन २६, २०७७
गुणस्तरको इजाजतबिनै सिमेन्ट उत्पादन गर्ने कम्पनी कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर इजाजत नै नलिई सिमेन्ट उत्पादन गर्ने सम्राट सिमेन्ट कम्पनीलाई कारवाही गरेको छ ।

विभागले बुधवार एक विज्ञप्ति जारी गरी गुणस्तर इजाजतबिना नै सिमेन्ट उत्पादन गरेर बिक्रीवितरण गरेको पाइएकाले कारवाही गरिएको जनाएको हो ।

बजार अनुगमनका क्रममा फेला परेका १०० बोरा सिमेन्टसमेत विभागले रोक्का राखेको छ ।

हेर्नुहोस् विज्ञप्ति -

salt training

कमेन्ट गर्नुहोस्