
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमण गर्ने भएका छन् ।
दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति भएकाले बिहीबार उनले यूएईको भ्रमण गर्ने भएका हुन् ।
नेतान्याहुका एक जना उच्च सरकारी अधिकारीले उनको भ्रमण निश्चित भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उनले यसअघि नै यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।