०९ साउन २०८३, शनिबार

जसपा शीर्ष नेताहरूको बैठक बालकुमारीमा

फागुन २७, २०७७
जसपा शीर्ष नेताहरूको बैठक बालकुमारीमा

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान मस्यौदा तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न जसपा शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो सहभागी छन् ।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जसपा गठन भएपनि संसदीय दल एउटै हुन बाँकी छ ।

भावी सत्ता समीकरणमा जसपाको भूमिका महत्त्वपूर्ण हुने भएपछि यो बैठकलाई महत्त्वका साथ हेरिएको छ । वर्तमान सरकारको निरन्तरता या नयाँ सत्ता समीकरण भन्नेमा जसपाका नेताहरू विभाजित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग कुनै हालतमा सहकार्य गर्न नसकिने भनेर उपेन्द्र यादवले बताएका छन् भने मुद्दा सम्बोधन गर्ने जोसुकैसँग पनि सहकार्य गर्न सकिने महन्थ र राजेन्द्र पक्षको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्